राजेश हमालले धरहरामा काटे जन्मदिनको केक

काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन

सम्बन्धित सामग्री

५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो  ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला&rs

मजदुरको हौसला बढाउन धरहराको टुप्पोमा केक काट्दा राजेश हमाल विवादमा

वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। धरहरा निर्माणको काम नसकिएकाले सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन। यसैबिच अभिनेता राजेश हमालले धरहराको टुप्पोमा पुगेर बुधवार ५७ औँ जन्मदिन मनाए। नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै केक काटे। हमालले धरहरा निर्माण गर्न दिनरात काम