आमा बित्नुभएको करिब तीन महिना जति भएको हुँदो हो, मेडिकल तेस्रो वर्षको पढाइ चलिरहँदा अध्ययनप्रति रुचि लाग्न छाडेको थियो। आफ्नो विशेष चाखको विषय कविता लेखनमा समेत मन मर्दै गएको थियो। जति बेला पनि टाउको दुखिराख्थ्यो। खाना राम्ररी नखाएकाले म दुब्लाउँदै गएको थिएँ।
मेडिकल पढाइको सास्ती आफ्नो ठाउँमा थियो, त्यसमाथि टाउक...