न्यूरो अस्पतालमा मष्तिष्कघात र दिमागको नशा फुलेका बिरामीको शल्यक्रिया बिनानै उपचार

काठमाडौं, पुष ४ । उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले मष्तिष्कघात र दिमागको नशा फुलेर समस्या भएका बिरामीको बिना शल्यक्रिया उपचार गरिने पद्धति भित्र्याएको छ । अस्पतालले नेपालमा नै पहिलो पटक यो सेवा सुरु गरेको दावी गरेको छ । वरिष्ठ न्यूरो चिकित्सक स्व डा. उपेन्द्र देवकोटाको ६७ औँ जन्म जयन्तीको अवसर अस्पतालले शल्यक्रिया बिना नै तारको […]

सम्बन्धित सामग्री

सप्तरीमा विष खाएकी महिलाको मृत्यु

काठमाडौं : सप्तरीमा घरायसी विवादपछि विष सेवन गरेकी एक महिलाको मृत्यु भएको छ। सप्तरी राजगढगाँउपालिका वडा नं.१० बर्दाहीकी २२ वर्षीया संगीता यादवले सासुसँग घरायसी विषयमा विवाद भएपछि गत मंगलबार  विषादी सेवन गरेकी थिइन् । विष सेवन गरेको थाहा पाएपछि यादवलाईआफन्तले अस्पताल लगेका थिए। गजेन्द्र नारायण सिंह अस्पतालराजबिराजमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा शुक्रबार राति ८ः३० बजे उनको मृत्यु भए

न्यूरो अस्पताल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस् अस्पताल, बाँसवारीबीच सम्झौता भएको छ । अस्पतालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा भएको सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि […]

उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।

३६ दिनदेखि बिरामी बन्धक बनाउने न्यूरो अस्पताल दर्ता नै नभएको खुलासा

२७ चैत, जनकपुरधाम । डिस्चार्ज भएको ३६ दिनसम्म बिरामी बन्धक रहेको जनकपुरधामस्थित न्यूरो अस्पताल दर्ताबिना नै सञ्चालन भइरहेको खुलेको छ । २०७८ फागुन दोस्रो सातादेखि सञ्चालन भएको अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिएको पाइएको हो । जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ र आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा […]

प्रजातन्त्र सेनानी प्रधानको निधन

३ असोज, विराटनगर । प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको निधन  भएको छ । विराटनगर महानगरपालिका १० का बासिन्दा प्रधानको ९३ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानलाई आइतबार न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो प्रधानको निधन भएको अस्पतालले जनाएको छ । २००७ सालको प्रजातान्त्रीक आन्दोलनमा सक्रिय […]

१५ करोड लागतमा न्यूरो अस्पताल सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाको कञ्चनबारीमा १५ करोड रुपैयाँ लगानीमा २५ शøयाको न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । लामो समय न्यूरो सर्जनका रूपमा काम गरेका डा. पंकज नेपालले उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अप्लाइड साइसेन्स प्रालिले सञ्चालनमा ल्याएको आर्या न्यूरो हस्पिटलबाट अत्याधुनिक प्रविधियुक्त सेवा प्रवाह गरिने बताइएको छ । अस्पतालका प्रबन्धक निर्देशक डा. नेपालले न्यूरो सर्जरीको क्षेत्रमा अन्यत्र लिइने शुल्कभन्दा कम शुल्कमा सेवा दिइने बताएका छन् । गरीब र असहायका लागि निःशुल्क सेवा दिने उद्घोष समेत उनले गरेका छन् । दुर्घटनाका बिरामी र खासगरी टाउकाको चोटपटकमा चाँडै शल्यक्रिया गरेर बिरामीको उपचार गर्न इमर्जेन्सीसँगै जोडेर शल्यक्रिया कक्षको व्यवस्था गरिएको उनले बताए । भेन्टिलेटर सहितको आईसीयू कक्ष, न्यूरो सम्बन्धी सम्पूर्ण सेवा, हाडजोर्नी, नाक, कान घाँटी, दन्त चिकित्सा, जनरल तथा ल्याप्रोस्कोपी, ओपीडी सेवा, फिजियोथेरापी, सिटी स्क्यान र एमआरआई सेवा उपलब्ध रहेको उक्त अस्पताललाई चाँडै ५० शøयाको बनाइने डा. नेपालले जानकारी दिए । अस्पतालले प्रारम्भिक चरणमा १२ जना मेडिकल अफिसर, ११ जना नर्समार्फत सेवा दिनेछ । सबै विभागमा गरी करीब १०० जनाले रोजगारी पाएको अस्पतालका अर्का साझेदार तथा व्यवस्थापक दिनेश ठाकुरले बताए ।

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार (आज) निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिएका हुन् ।