संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

सम्बन्धित सामग्री

संखुवासभाको शिलिचोङमा पहिरोले ८ घर बगायो, ११ बेपत्ता

संखुवासभाको दुर्गम क्षेत्र मानिने शिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षाका कारण पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ । सिसुवाखोलाको बेसिन्दामा पहिरोले ८ घर बगाउँदा राममान राई, हस्तीकुमारी राई, एन्जिला राई, नम्रता राई प्रकृति राई, गोरीमाया राई, जुद्ध बहादुर राई, उत्तरकुमारी राई, नरमायाँ राई, हर्कधन राई र आईतमायाँ राई बेपत्ता भएको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी नवराज मल्लले जानकारी दिए ।

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...