एक वर्षमा प्रतिब्यारेल ५० डलरले बढ्यो कच्चा तेलको मूल्य

एक वर्षको समयमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० अमेरिकी डलरले बढेको छ । गत वर्ष २०७७ साल माघ मसान्तको तुलनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरले बढेको हो । आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । जबकी, गत वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो ।खासगरी रुस र युक्रेन बीचको सैन्य भिडन्तले कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो निर्यातकर्ता हो । पेट्रोलिय

सम्बन्धित सामग्री

तेलको मूल्य वृद्धिको असर धान खेतीमा : न त पालिए गोरु, न त किन्न सकिन्छ तेल

पर्वत : फलेवास नगरपालिका–४ मुडिकुवाका डिल्लीप्रसाद सापकोटाका गोठमा केही वर्ष अगाडिसम्म हल गोरु थिए। कृषिमा आएको आधुनिकीकरणसँगै उनको घरमा ‘मिनी टिलर’ भित्रियो। घरमा भित्रिएको प्रविधिले वर्षौंदेखि बाँझो खेत फुटाउँदै आएका गोरु विस्थापित भए।२०७६ सालमा ‘मिनी टिलर’ गाउँ लैजाने वेलामा उनले प्रति लिटर करिब ७५ रूपैयाँमा किनेका थिए। त्यसयता २ वर्षमा तेलको मूल्य झन्डै ३ गुणा मूल्य बढेको छ।पेट्रोल सस्तो रहेको वेलामा ‘मिनी टिलर’ को राम्रो माग रहेको भए

विश्वमा एक वर्षमा खाद्य पदार्थको भाउ झण्डै ३० प्रतिशत बढ्यो

काठमाण्डौ — पछिल्लो एक वर्षमा विश्वमा खाद्यपदार्थको भाउ झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ । पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ । विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ । महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको ए...

एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

एक वर्षको अवधिमा विश्वमा कच्चा पेट्रोलियम तेलको मूल्य ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको गत वर्ष २०७७ साउनको तुलनामा यो वर्षको साउन महिनासम्मको अवधिमा उक्त मूल्य बढेको बताएको छ ।देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैङ्कले यस्तो बताएको हो । गत वर्षको साउनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४४.८६ डलर थियो । जुन, २०७८ को साउन महिनासम्ममा आइपुग्दा ५६.२ प्रतिशतले बढेर ७०.०७ डलर पुगेको छ ।यो अवधिमा सुनको मूल्यमा भने गिरावट आएको छ । २०७७ सालको साउन म

के कारणले बढ्यो खाने तेलको मूल्य ?

नेपाली बजारमा खाने तेलको मूल्य बढेको जनगुनासो आईरहेको छ । उद्योगीहरुले कारोनाका कारण विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढेका कारण बजारमा खाने तेलको मूल्य बढेको सतही उत्तर दिँदै आएका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले विभिन्न २ कारणले मूल्य बढेको जनाएको छ ।१) खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा बढी मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेको छ ।२) कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोब्बर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खाने तेलको मुल्यमा प्रति लि. सरदर रु.२०÷– देखी २५÷–सम्म  वृद्धिको असर पर्न गएको छ ।३) सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।४) हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

खाने तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

काठमान्डाैं / एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको तेल (सोयाविन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत... The post खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो appeared first on Purbeli News.

खानेतेलको मूल्य एक वर्षमा १२० रुपियाँ महँगियो

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा  बढी सूर्य मुखी तेल (सनफ्लावर) र भटमासको  तेल (सोयाविन तेल) महँगिएको छ ।  कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र

एक वर्षमा दोब्बर भयो खाने तेलको मूल्य, के हो कारण?

कोरोनाको दोस्रो लहरपछि लागू निषेधाज्ञाका बीचमा पनि खाने तेलको भाउ बढ्न छाडेको छैन। तेलको मूल्य कति बढेको छ, पहिला त्यो हेरौं।

इन्धनको मूल्य वृद्धिले उपभोक्ता दोहोरो मारमा

सरकारले तत्काल मूल्य स्थिरीकरण कोषको उपयोग गरी मूल्यलाई एउटा सीमामा राख्न आवश्यक छ । पेट्रोलियम पदार्थको मूल्य बितेको एक वर्षमा १२ पटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएका कारण आन्तरिक बजारमा पनि मूल्य बढेको नेपाल आयल निगमको दाबी छ । एक वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४५ डलर […]

एक वर्षमा २१० प्रतिशतले बढ्यो तेलको मूल्य

काठमाडौं। एक वर्षमा कच्चा पेट्रोलको भाउ २१० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष २०७६ सालको चैत मसान्तदेखि २०७७ सालको चैत मसान्त सम्ममा कच्चा तेलमा उक्त वृद्धि आएको हो। गत वर्षको चैत मसान्तमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०.२३ अमेरिकी डलर थियो। जुन, यो वर्षको चैत मसान्तसम्मा प्रतिब्यारेल ४२.६ डलर बढेर ६२.८३ पुगेको छ।