चुनाव घोषणासँगै कैलाली र कञ्चनपुरमा सुकुम्बासी, आरक्ष विस्थापित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको ऐलानी जग्गा नापी हुने हल्ला सुरु हुन्छ । राजनीतिक दलका नेताहरूको दौडधुप सुरु हुन्छ । जग्गा नाप्ने आश्वासन दिन्छन् । जग्गा पाउने लोभमा राजमार्ग छेउछाउ, सामुदायिक वनका खाली जग्गा, नदीकिनारका खाली जग्गामा घरटहरा बन्ने क्रम बढ्छ ।