म्याग्दी : बेनी नगरपालिकाका सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन्। कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा बनाइएका छन् भने कतै जग्गा मिचेर व्यक्तिगत प्रयोजनमा ल्याइएको छ।बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाइएको छ।खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चारआना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिए पनि गलेश