इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ । ७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् ।
हमास लडाकु समूहले शनिवारदेखि इजरायलमा आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेको छ । हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्य...