लम्पी स्किनपीडित किसानको राहत प्रस्ताव अर्थ मन्त्रालयमै अड्कियो

लम्पी स्किनबाट क्षति पुगेका किसानलाई राहत दिन सरकारले बेवास्ता गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले झन्डै दुई महिनाअघि पठाएको पीडित किसानलाई राहत दिइने राहत प्रस्ताव फाइल अर्थ मन्त्रालयमै अड्किएको...

सम्बन्धित सामग्री

लम्पी स्किन राहत मापदण्ड गृह र अर्थमै अल्झियो

काठमाडौं– लम्पी स्किनपीडित कृषकलाई राहत दिन प्रस्ताव गरेको मापदण्ड गृह र अर्थमन्त्रालयमा अल्झिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड तयार गरी स्वीकृतिका लागि गृह र अर्थ मन्त्रालय पठाएको एक महिना भइसकेको छ । गृह र अर्थ मन्त्रालयमा मापदण्ड तयार गरी स्वीकृतिका लागि पठाएको एक महिना भए पनि आजसम्म स्वीकृत नभएर अड्किएको कृषि मन्त्रालयका […]

लम्पी स्किन पीडित किसानलाई राहत दिने काममा ढिलाई हुँदैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भुसालले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताउनुभएको हो । उहाँले कृषि अनुदान […]

लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव

१९ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो । मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा. वेदुराम भुसालले […]

करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।  अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने । रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

‘किसानलाई राहत दिन ढिलाइ भयो’

काठमाडौं- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाइ नहुने आश्वासनसमेत दिए । आइतबार मन्त्रालयमा मन्त्री भुसालले आफूले […]