करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।  अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने । रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

सम्बन्धित सामग्री

नियन्त्रणमा आउँदै लम्पी स्किन

लम्पी स्किन रोगका कारण पशु चौपायामा महामारीको रुप लिएको सुदूरपश्चिममा विस्तारै नियन्त्रणमा आउन थालेको छ।...

नियन्त्रणमा आउँदै लम्पी स्किन

लम्पी स्किन रोगका कारण पशु चौपायामा महामारीको रुप लिएको सुदूरपश्चिममा विस्तारै नियन्त्रणमा आउन थालेको छ।...

दैलेखमा ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख : दैलेखमा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पि स्किन’ रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। ‘लम्पी स्किन’ रोगका कारण हालसम्म दैलेखमा करिब ४३५ पशु परेका छन्।विशेष गरी गोरुमा ‘लम्पी स्किन’ रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। उनले हालसम्म दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखा परे

कालिकोटमा तीन हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण

कालिकोटमा तीन हजार पाँच सय बढि पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ। लम्पी स्किन रोगको संक्रमणबाट कालिकोटमा अहिलेसम्म तिन सय १४ पशुको मृत्यु भएको छ।...

हिमाल उक्लियो लम्पी स्किन

ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिंँगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। पशु सेवा विकासका सूचना अधिकारी डा. चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी

दैलेखमा लम्पी स्किन रोगको महामारी: किसानहरू चिन्तित

दैलेखको दुल्लू नगरपालिकामा गाई गोरुहरू लम्पी स्किन रोगले बिरामी पर्न थालेका छन्। करिब १५ दिन देखि लम्पी स्किन रोगबाट गाई गोरुहरू थला पर्न थालेका हुन्।...

दैलेखमा फैलियो ‘लम्पी स्किन’

दैलेखको दुल्लू नगरपालिकामा गाई गोरुहरू लम्पी स्किन रोगले बिरामी पर्न थालेका छन्। करिब १५ दिन देखि लम्पी स्किन रोगबाट गाई गोरुहरू थलापर्न थालेका हुन्।...

म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो

काठमाडौँ- म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्पी स्किन’ म्याग्दीमा पनि भित्रिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्पी स्किन देखिएको बताए । […]

‘लम्पी स्किन’ नियन्त्रण गर्न गाईलाई खोप

पशुमा तीव्र फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि इलाम नगरपालिकाले गाईवस्तुलाई खोप लगाइरहेको छ।...

गाईभैँसीमा ‘लम्पी स्किन’ देखिएपछि नवलपुरका किसान चिन्तित

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)- नवलपुरमा गाईभैँसीमा ‘लम्पी स्किन’ देखापरेको छ। गाईभैँसीमा ‘लम्पी स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन्। याे एक प्रकारको सङ्क्रामक सरुवा रोग हाे। गाईभैँसीमा ‘लम्पी स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. ऋषभ गुरागाईंले बताए। नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो। देवचुली नगरपालिकासहित गैँडाकोट र […]