बीबीसी। किर्गिस्तान र ताजिकिस्तानको सीमामा भएको झडपमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। पानीको विषयमा सुरु भएको झडपपछि त्यहाँबाट दशहजारभन्दा बढी मानिसलाई सुरक्षित अन्यत्र लगिएको छ। बुधबार सुरु भएको झडपमा एकअर्काबीच ढुंगा हानाहान भएको थियो। बिहीबार झडपले उग्र रुप लिँदा हिंस्रक बन्न पुगेको थियो। पानीको अभावका कारण स्रोतमाथि कब्जालाई लिएर झडप भएको हो। झडपमा डेढ सयभन्दा बढी घाइते भएका छन्।