कालिकोट : नरहरिनाथ गाउँपालिका-१ को कोडवाडा हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने भएको छ। सोमबार केबलकारको सम्भाव्यता अध्ययनको छलफल कार्यक्रम सम्पन्न भएको छ।कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैयाँ लाग्ने छ। यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ। कार्यक्रममा मान