गर्भवतीलाई पोषण प्रोत्साहन

काठमाडौँ, २३ फागुन । तनहुँको व्यास नगरपालिकाद्वारा गर्भवतीलाई पोषण प्रोत्साहन वितरण गर्दै नगर उपप्रमुख इन्दिरा दरै । नगरपालिकाले मातृशिशु मृत्युदर घटाउन र गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गर्नका लागि प्रोत्साहन कार्यक्रमको अवधारणा ल्याएको हो । रासस

सम्बन्धित सामग्री

सुत्केरीलाई घ्यू र अण्डा उपहार

काठमाडौँ- पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत […]

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।...

तनहुँमा २१ सुत्केरीलाई पोषण भत्ता

तनहुँको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही रु पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । “स्वस्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक

म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता

तनहुँ-  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो । सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘स्थ्य […]

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दि

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।      गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।       सूचीकृत समूह वा सहकारीमा आबद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । ‘दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुन सक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ’,  भट्टराईले भने, ‘यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।’ कार्यक्रमका लागि जिल्लाभर ३० लाख खर्चिइनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउनेछन् ।      समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउँछन् । ‘च्याउ खेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ’,  उनले भने, ‘मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’ यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । ‘सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्’, भट्टराई भन्छन्, ‘सहयोगले परिवारमा कुपोषणका कारण आउन सक्ने ठूलो क्षतिलाई कम गर्छ ।’  कार्यक्रममा सहभागी हुन कार्यालयले आह्वान गरे पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्‍याउन कठिन छ । समुदाय स्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ । रासस

‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा

गोदावरी, २४ मङ्सिर: कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताए । सुत्केरीमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नाका साथै सुरक्षित मातृत्वका लागि पोषण र […]

अस्पतालबाट प्रसूति सेवा लिनेलाई ६ हजार प्रोत्साहन

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालबाट प्रसूति सेवा लिने महिलालाई नगद करिब छ हजार रुपैयाँ प्रोत्सहान स्वरुप दिने भएको छ ।सोमबारदेखि प्रसूति सेवा दिन थालेको वीरेन्द्रनगर नगर अस्पतालमा सेवा लिने महिलालाई वीरेन्द्रनगर नगरपालिकाले उक्त प्रोत्सहान रकम दिन थालेको हो । पोषण खर्च दुई हजार, गर्भवती उत्प्रेरणा÷यातायात खर्च दुई हजार आठ सय र एम्बुलेन्स यातायात भाडा […]

टीकापुर नगरपालिकामा सुत्केरीलाई पोषण कोसेली वितरण

कैलालीको टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४२६ सुत्केरीलाई उपमेयर पोषण कोसेली वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका ४२६ सुत्केरीलाई कोसेली दिएको हो । नगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्न र नियमित गर्भजाँचमा ल्याउन कोसेली कार्यक्रम शुरू गरेको छ ।   कोसेली पाएपछि सुत्केरी महिला खुशी भएका छन् । टीकापुर–१ की रुपा चौधरीले कोसेली पाएपछि खुशी लागेको बताइन् । ‘मेरो २ महिनाकी छोरी छन्, पहिलो सन्तान हो । कोसेली लिन श्रीमान् पनि सँगै जानुभएको थियो,&r...