काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार गरिएको छ । महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरम विस्तार गरिएको हो । जसमा सह सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन गरिएको छ । नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, फिल्म निर्देशक मदन घिमिर