काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै धेरै जना भिडभाड हुने गतिविधी पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठि, समीक्षा, जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परी...