माग सुस्ताउने अनुनमान बीच घट्यो तेलको भाउ

भदौ २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।  साउदी अरबले एशियाका लागि कच्चा तेलको मूल्य घटाएपछि माग सुस्ताउन लागेको हो कि भन्ने आशंका पछि तेलको भाउ प्रभावित भएको हो । तर चीनको आर्थिक तथ्यांक र अमेरिकाको उत्पादनमा अवरोध आएको तथ्यांकले भने भाउ धेरै घट्न दिएन ।  ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २७ सेन्ट (शून्यदशमलव ४ प्रतिशत) ले घटेर ७१ डलर ९५ सेन्टमा आएको थियो । सोमवार पनि ब्रेन्टको भाउमा ३९ सेन्टको कमीआएको थियो । वेष्ट टेक्सस इन्टर मिडियटको भाउ पनि ७६ सेन्ट (१ दशमलव १ प्रतिशत) को कमीसहित ६८ डलर ५३ सेन्टमा आयो । साउदी अराम्कोले आइतवार एशियामा विक्री हुने सबै खालको क्रुड आयलका लागि अक्टोर डेलिभरीको आधिकारिक विक्री मूल्य (ओएसपी) प्रतिब्यारेल कम्तिमा एक डलरले घटाएको थियो ।  मूल्यमा गरिएको यति ठूलो कटौतीले विश्वको शीर्ष तेल आयातकर्ता देशको खपत सुस्ताउने संकेत गरेको छ । यद्यपि चीनको सुदृढ आर्थिक सूचकांक र समुद्री आँधी इदाका कारण अमेरिकी आपूर्तिमा आइरहेको निरन्तर अवरोधले पनि तेलको भाउलाई टेवा मिलेको हो । एजेन्सी  

सम्बन्धित सामग्री

चीनको आर्थिक वृद्धिदर अनिश्चित बनेपछि घट्यो कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । चीनको अर्थतन्त्रबारे छाएको चिन्ताले प्रमुख तेल निर्यातकर्ता देशहरूले गरेको उत्पादन कटौतीको असरलाई उल्ट्याएपछि तेल बजार दबाबमा आएको हो । अमेरिकामा तेल तथा ग्यास रिग्सको संख्या लगातार सातौं महीना पनि घटेको तथ्यांकले पनि तेलको भाउ घटेको हो ।  सोमबार बिहानी कारोबारदेखि तेल बजार दबाबमा रहँदा भाउ १ प्रतिशतसम्म घटेको थियो । यो समाचार तयार पार्दाखेरि भने भाउमा आएको कमी भरिएर तेलको दुवै बेञ्चमार्क हरियोमा आएका थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ४ बजे ब्रेन्टको भाउ ब्रेन्टको भाउ शून्य दशमलव १८ प्रतिशतले बढेर ७६ डलर ३९ सेन्टमा उक्लिएको थियो । यूएस क्रुडको भाउ पनि सोही समयमा शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ७१ सेन्टमा थियो । गएको हप्ता भने दुवै तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको थियो । अहिले चीनको अर्थतन्त्रलाई शक्तिशाली अवरोधले घेरिरहेको छ । घरजग्गा बजार गएको वर्षको कमीबाट उब्रिएको छैन । मेमा खुद्रा विक्री र औद्योगिक उत्पादन अपेक्षा गरिएभन्दा तल थियो ।  यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण कयौं ठूला बैंकले घटाइसकेका छन् । गएको हप्ता दुई पटक ब्याजदर घटाएको केन्द्रीय बैंकले मंगलवार अर्को कटौती गर्ने अपेक्षा व्यापक छ । सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन चीनले थप प्रोत्साहन ल्याउने स्रोतहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । तर, कर्जा र पूँजी पलायनसम्बन्धी चिन्ताका कारण प्रोत्साहन उपभोक्ता र निजी क्षेत्र लक्षित हुने अनुमान छ ।  जुन १६ मा सकिएको हप्तामा अमेरिकामा तेल तथा ग्यास रिग काउन्ट ६८७ रहेको छ । यो अघिल्लो हप्ताको भन्दा ८ कम हो । यो संख्या सन् २०२२ यताकै कम हो । रिग संख्यामा आएको कमीले भविष्यमा उत्पादन कम हुन्छ भन्ने देखाउँछ । इरानको बढ्दो तेल निर्यातले पनि मूल्यमा दबाब दिइरहेको छ । यो वर्ष इरानको कच्चा तेल निर्यात र उत्पादन दुवै कीर्तिमानी स्तरमा छन् । एजेन्सी

विश्वको आर्थिक वृद्धिदर अनिश्चित बन्दा घट्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा कच्चा तेल (Crude Oil) को भाउ घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (OPEC) र समूह बारिहका अन्य प्रमुख तेल निर्यातकर्ताहरूको समूह ओपेक प्लस (OPEC Plus) ले तेलको उत्पादन घटाएरै भए पनि तेल बजारलाई टेवा दिने सम्भावना छ । तर, लगानीकर्ताहरूलाई यसले आश्वास्त पार्न सकेन । विश्वको आर्थिक वृद्धिदर, ब्याजदर (Interest Rate) पुनः बढ्ने (Rate Hike) चिन्ता र इन्धनको मागको अवस्था कस्तो होला भनेर उनीहरू चिन्तित बन्दा सोमवार तेल बजार रातोमा आएको छ । लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमवार बिहान अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड (Brent Crude) को भाउ प्रतिब्यारेल ४८ सेन्टले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आयो । यो समाचार तयार पार्दा नेपाली समयअनुसार साँझ ५ः३० बजेतिर ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३२ प्रतिशतको कमीसहित ८१ डलर ५८ सेन्टमा आएको थियो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (WTI) को भाउ पनि ३४ सेन्टको कमीसहित प्रतिब्यारेल ७७ डलर ३९ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि कमी केही घटेर डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल ७७ डलर ७२ सेन्टमा आयो । गएको हप्ता ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ ५ प्रतिशतभन्दा धेरैले घटेकाे थियो । यो पाँच हप्तायताकै पहिलो साप्ताहिक कमी थियो । एक वर्षअघिको तुलनामा अमेरिकामा gasoline को माग घटेपछि विश्वको सबैभन्दा ठूलो तेल खपतकर्ता देश मन्दीमा जाने हो कि भन्ने चिन्ता बल्झिँदा तेलको भाउ पछिल्लो समय दबाबमा आएको छ । अमेरिकाको कमजोर आर्थिक तथ्यांक र ठूला प्रविधि कम्पनीहरूको निराशाजक कमाइले आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ । स्थिर रहेको अमेरिकी डलर र ऋणपत्रको प्रतिफलमा भइरहेको वृद्धिदर पनि कमोडिटी बजारमा दबाब सृजना गरिरहेको छ । अमेरिकादेखि यूरोपसम्म सबै केन्द्रीय बैंकहरूले उच्च स्तरमा रहेको महँगीमाथि अंकुश लगाउन मेको पहिलो हप्तामा हुने आ–आफ्नो नीतिगत बैठकमा ब्याजदर बढाउने अनुमान गरिएको छ । चीन (China) विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता (Importer) हो । चीनले कोभिड नियन्त्रण गर्न लागू गरेको कठोर उपायहरू पूरै हटाएपछि पनि उसको आर्थिक पुनःबहाली भने उबडखाबड नै छ । यसले पनि तेलको माग कस्तो होला ? भन्ने आशंका बढाएको छ । एजेन्सी

घट्यो रुसी तेलको भाउ, जी सेभेन र सहयोगी देशले तोके मूल्य

जी सेभेन र सहयोगी देश रुसी कच्चा तेलको मूल्यको सीमा अनुमोदन गर्न सहमत भएका छन्।युक्रेनमाथि रुसले आक्रमण जारी राखेको भन्दै उसलाई तेल निर्यातबाट नाफा नहुने गरी मूल्य सीमा निर्धारण गर्न जी सेभेन र सहयोगी देश सहमत भएका हुन्। यसअनुसार रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर निर्धारण गरिएको छ।यसअघि रुसी तेलको मूल्यका विषयमा युरोपेली संघमा सहमति जुटेको थियो। युरोपेली संघमा पोल्याण्डसहितका केही देश धेरै मूल्य तिर्न तयार नभएपछि मूल्य घटाउने सहमति जुटेको थियो ।युरोपेली संघले रुसी कच्चा तेलको मूल्य

लगातार तीनपटक मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको भाउ घटाएन

आइओसीले लगातार तीनपटक पठाएको मूल्यअनुसार पेट्रोल ३४.९४ र डिजेल ३३.९४ रुपैयाँ प्रतिलिटर घट्यो, झन्डै दोब्बर मूल्यमा बिक्री गर्दा पनि पेट्रोलियममा निगमलाई घाटा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घट्न थालेपछि नेपाल...

शाङ्हाईमा लकडाउन गरेपछि घट्यो कच्चा तेलको भाउ

चैत १४, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीनको वित्तीय हब शाङहाईमा लकडाउन गरेपछि चीनको तेल माग घट्ने आशंकामा सोमवार तेलको भाउ प्रतिब्यारेल ६ डलरभन्दा धेरैले घटेको थियो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ३० बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ११२ डलर शून्य ८४ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ७ डलर १४ सेन्ट अर्थात् ५ दशमव ९४ प्रतिशत कम हो ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ सोमवार  प्रतिब्यारेल १०५ डलर ५३ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा ७ डलर शून्य ७ सेन्ट अर्थात् ६ दशमलव ६७ प्रतिशत कम हो ।  शुक्रवार भने दुबै बेञ्चमार्कको भाउ १ दशमलव ४ प्रतिशतले बढेका थिए । हप्ता भरको कारोबारमा भने ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको भाउ क्रमशः ११ दशमलव ८ प्रतिशत र ८ दशमलव ८ प्रतिशतले बढेका थिए । यो तेलको भाउमा भएको तीन हप्तायताको पहिलो वृद्धि थियो । २ करोड ६० लाख जनसंख्या भएको चीनको साङ्हाई शहरमा सोमवारदेखि संक्रमण नियन्त्रण गर्न दुई चरणको लकडाउन शुरु भएको छ ।  चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । कोभिड बढेसँगै अप्रिलमा चीनको कच्चा तेल माग दैनिक ८ लाख ब्यारेलमा आउने अनुमान गरिएको छ । मंगलवार टर्कीमा हुने भनिएको रुस र युक्रेन बीचको वार्ताले पनि तेलको भाउ दबाबमा आएको हो । एजेन्सी

खाने तेलको मूल्य घट्यो

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भ

खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै - Purbeli News

काठमाडौँ । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ । विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् । दशैँयता प्रतिलिटर ६०...