काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए।
भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे…