काठमाडौं : शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाएका छन्।मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संरचनाहरुको अनुगमन सुरु गरेका छन्।शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षणलगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्।‘काममा किन ढिलाइ भइरहेको छ? पाँ