काँग्रेस निर्वाचन समितिका संयोजक घिमिरेद्वारा राजीनामा

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् । कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् । 

सम्बन्धित सामग्री

काँग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि काँग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले काँग्रेसको […]

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ । काँग्रेस केन्द्रीय कार्यालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप यादवको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

काँग्रेस महाधिवेशन थप अन्योल : निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले रातोपाटीलाई जानकारी दिए ।पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।जसका कारण भदौ २७ गते पालिका अधिवेश