एमाले बैठकमा नेता भुसालको प्रस्ताव: वाममोर्चा बनाए प्रत्यक्षमै १५० सिट जितिन्छ

काठमाडौँ- नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् । भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको […]

सम्बन्धित सामग्री

घनश्यामको क्षेत्रमा दलका भन्दा धेरै स्वतन्त्र उम्मेदवार

हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी नेता भुसालको क्षेत्रमा ९ दलले उम्मेदवारी दर्ता गरेका छन्  भने स्वतन्त्र रूपमा भुसालसहित १२ जना रहेका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले चुनाव जितका थिए । अहिले पूर्व एमाले

एमाले नेता भुसालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।  यस्तो छ भुसालको विज्ञप्ति– देशभक्ति, जनजिविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका […]

माओवादीबाट चुनाव लड्ने एमाले नेता घनश्याम भुसालको तयारी

काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसाल आउँदो चुनावमा नेकपा माओवादीबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । स्रोतका अनुसार एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । उनी यसबारे छलफल गर्नका लागि शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको स्रोतले देश सञ्चारलाई जानकारी दियो । भुसाल आफ्नो […]

एमाले नेता भुसालमाथिको कारवाही सिफारिस अनुमोदन

नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवा

एमाले अर्घाखाँची :  तानाशाही शैलीमा नेतृत्व चयन गरेको आरोप

नेकपा एमाले अर्घाखाँचीले सहमतिमा नेतृत्व चयन गरेको बताए पनि अधिवेशन सकिएसँगै असन्तुष्टिका स्वरहरू आउन थालेका छन् । नेता पीताम्बर भुसालको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेको नेकपा एमाले अर्घाखाँचीको आठौँ जिल्ला अधिवेशनपछि केहीले पार्टी त्याग गरेका छन् भने केहीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन् । एमालेले जिल्ला अधिवेशनलाई तानाशाही शैलीमा गरेका कारण असन्तुष्टि चुलिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए । 'म पनि निश्चत पदको उम्मेदवारी दर्ताको तयारीमा थिएँ'

तीन पूर्वमाओवादी नेता एमाले पदाधिकारी निर्वाचित

चितवन : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन्। केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन्। बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन्। ६ जना उपाध्यक्ष चाहिनेमा बादल छैटौं नम्बरमै निर्वाचित भएका हुन्। यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो।  सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छै

एमाले उपाध्यक्षमा घनश्याम भुसालको दाबी

नेकपा एमालेका नेता घनश्याम भुसालले आगामी नेतृत्वका लागि आफूले उपाध्यक्ष पदमा उम्मेवारी दिने बताएका छन् । चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलगत्तै भुसालले आफू उपाध्यक्षको दाबेदार रहेको बताए । भुसाल अहिले...

एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएक