पाँचथरको फिदिम नगरपालिकामा कांग्रेसका तर्फबाट बहालवाला मेयर ओनाहाङ नेम्वाङसहित ७ जना मेयरको आकांक्षी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट तीन र एमालेका दुई जनाले मेयरमा दाबी गरेका छन् । ६ वटा वडा रहेको याङवरक गाउँपालिकामा कांग्रेसका तर्फबाट ७ र एमालेका तर्फबाट ५ ले अध्यक्ष पदमा लड्ने चाहना देखाएका छन् । यस्तै मिक्लाजुङ गाउँपालिकामा एमालेका ७, कांग्रेसका २ र माओवादी केन्द्रका २ ले अध्यक्ष पदका लागि दाबेदारी गरेका छन् ।