पर्वत : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत पर्वतको प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसबाट उम्मेदवारीका आकांक्षी २८ जना देखिएका छन्।प्रदेशसभा ‘क’ मा रहने एकजना प्रत्यक्ष तथा एक महिलासहित दुईजनाको सिफारिशमा पर्नको लागि आकांक्षी नेताहरूको लर्को देखिएको हो। क्षेत्रीय समितिले मङ्गलबार सूचना जारी गरेर मङ्गलबारै दिउँसो १ बजेदेखि बुधबार दिउँसो १ बजेसम्म आकांक्षीहरूबाट पार्टीमा उम्मेदवारी दिन आह्वान गरेको थियो।उम्मेदवार हुन काँग्रेसक