काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पुनः सहकार्य हुनसक्ने बताएका छन्। सोमबार राजीनामा बुझाउन बालुवाटार पुगेका एमालेका मन्त्रीहरूलाई पुनः सहकार्य हुन सक्ने बताएका हुन्। एमालेबाट मन्त्री बनेका सांसद दामोदर भण्डारीका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू वाध्यतामा परेकाले गठबन्धन तोड्नु परेको बताएका थिए। ‘उहाँले शीर्ष नेतृत्वलाई देखाएर म वाध्यतामा परेँ। आगामी दिनमा तपाईंहरूसँग सहकार्य हुनसक्छ भन्नुभयो,’ सांसद भण्डारीले थाहाखबरसँग भने। प्रधानमन्त्