धनकुटा : नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेको नेतृत्व स्वीकार गरेर आए राजावादीहरूसँग पनि सहकार्य गर्न तयार रहेको बताएका छन्। नेकपा एमालेले गरेको स्थानीय तह स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा आएका गौतमले एमाले आगामी निर्वाचनमा एमालेको नेतृत्व स्वीकार गरेर आए जोसुकैसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका हुन्। सरकारले नागरिकता विधेयक जबरजस्ती पास गरेको बताउँदै सरकारले राष्ट्रपतिले दिएको सुझाव सुनुवाइ गर्नुपर्ने बताए। नागरिकता विधेयकले देश सिक्किमीकरण तथा