ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् । नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले विकास निर्माणका हिसाबले काठमाडौं उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढ