बागमती प्रदेशका १४ मन्त्रालयमा १८ मन्त्री तर छैनन् सचिव

बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्री थपेका हुन् । कांग्रसका मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका...