न्यायपरिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।यसअघि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत साउन २३ मा यस रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको थियो । गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कार्यान्वयन गरेका थिए ।