काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका एक तिहाइ देशहरु आर्थिक मन्दीमा पर्ने चेतावनी दिएको छ। आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका प्रमुख अर्थतन्त्र भएका देश सुस्ताउँदा अघिल्लो वर्षको तुलनामा २०२३ झन् 'कठिन' हुने बताएकी हुन्। जर्जिएभाले अमेरिका, युरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन्। आउँदो मन्दीको मुख्य कारण रुस-युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याज दर हो। यसबाहेक चीनमा फैलिएको कोभिड प्रकोपले विश्वव्यापी अर्थतन्त्रलाई […]