औषधि उद्योग संरक्षण लक्षित आर्थिक प्याकेज आवश्यक

विश्वका करिब २०० देश कोरोना संक्रमणबाट जोगिन सघंषरत छन् । संजोगले नेपाल विश्व स्वास्थ्य सगंठनको उच्च जोखिम मुलुकको सूचीबाट बाहिरिएको समाचारले नेपालीहरूले केही राहत महसुस गरेका छन् । नेपालमा उत्पादन भई आत्मनिर्भर उन्मुख वस्तुमध्ये औषधिले विशेष स्थान पाउन सफल हुँदै गएको छ । हाल यसतर्फ ८० औषधि उद्योग सञ्चालनमा आउन सफल भएका छन् । प्रत्येक उद्योगमा करिब ५० करोड लगानी भएको छ । यसतर्फ कुल लगानी ४ हजार करोड लगानी भएको पछिल्लो औद्योगिक लगानी तथ्याङ्कले प्रस्ट पारेको छ । अर्कातर्फ नयाँ उद्योगमा वित्तीय ऋण लगानीको ६० प्रतिशत हिस्सा ओगटेको छ ।