विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसले विश्वका शक्तिशाली देशलाई समेत प्रभावित पारेको छ भने नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा पनि यसको असर पार्न थालेको छ । कोरोनाविरुद्ध रोकथाम, बच्न र बचाउने उपायको राम्रो कडी मानिएको बन्दाबन्दी (लकडाउन) को आज ७६औं दिनसम्म आइपुग्दा धेरै नेपाली जनता यसबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको तीन वर्ष पुग्यो । अझै जनताले महसुस हुने गरी सरकार भएको महसुस नगरेको जनगुनासो आउने गरेको छ ।