एकीकृत समाजवादीसँग आयोगले सोध्यो प्रष्टीकरण

काठामडौँ – निर्वाचन आयोगले एकीकृत समाजवादीसँग प्रष्टीकरण सोधेको छ। शनिबार आचारसंहिता विपरीत भृकुटीमण्डपमा आमसभा गरेको भन्दै उजुरी परेपछि आयोगले प्रष्टीकरण साध्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार नेकपा एसलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न भनिएको छ।

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेससँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ– उपराष्ट्रपति निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेससँग लिखित प्रष्टीकरण माग गरेको छ। बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेपछि आयोगले कांग्रेससँग लिखित जवाफ मागेको छ। कांग्रेसको उक्त निर्णय सार्वजनिक भएपछि ललितपुरका प्रेमबहादुर महर्जनले आयोगमा उजुरी दिएका थिए। ‘ललितपुर क्षेत्र […]

माधव नेपालको प्रष्टीकरण प्रकरणबाट आयोग पन्छियो

काठमाडौँ – फ्री भिसा फ्री टिकटको लोभ देखाएर मतदातालाई प्रभावित पारेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालसँग प्रष्टीकरण सोधेको निर्वाचन आयोगले उक्त प्रकरणबाट हात झिकेको छ। रौतहत १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई फ्री भिसा फ्री टिकटको आश्वास दिएर मतदातालाई प्रभावित पारेको भन्दै कात्तिक ३ गते आयोगले प्रष्टीकरण सोधेको […]

माधव नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले अघि बढायो कारबाही प्रक्रिया

काठमाडौँ – निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। अध्यक्ष नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले उनलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो। नेपालले बेरोजगार युवालाई फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाइदिने आश्वासन बाँडेको समाचार सार्वजनिक भएको भन्दै आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो। आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिने भनेको छ। यो पनिः […]

बाजागाजासहित मनोनयन दर्ता गरेकोमा प्रचण्डलाई आयोगले सोध्यो प्रष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ। उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रचण्डलाई प्रष्टीकरण सोधेको हो। यस विषयमा आयोगले प्रचण्डलाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ। ‘प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन? यहाँको […]

देउवाको उम्मेदवारी कायम, मतदाता नामावली टाइपमा गल्ती भएको आयोगको प्रष्टीकरण

उनको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गल्ती भएको आयोगले प्रष्टीकरण दिएको छ।...

सञ्चार माध्यम नियमन गर्न नखोजेको निर्वाचन आयोगको प्रष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण दिएको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबाही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यमको अनुगमन तिनका पाठक, श्रोता […]

निर्वाचन आयोगको प्रष्टीकरण : सञ्चार माध्यम नियमन गर्न खोजेका होइनौं

१४ असोज, काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण दिएको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यमको अनुगमन तिनका […]

गुरुकुललाई दलित आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय दलित आयोगले दलित समुदायका विद्यार्थीको भर्ना नलिने शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई स्पष्टीकरण सोधेको छ । आयोगले गुरुकुललाई पत्राचार गर्दै घटनाको सत्यतथ्य के हो भनेर जवाफ मागेको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माले बर्दियादेखि आएका बालकहरूलाई गुरुकुलले भर्ना नगरी फिर्ता गरेको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि पत्राचार गरेर प्रष्टीकरण माग गरेको बताए । […]

आरजु राणालाई प्रष्टीकरण सोध्ने आयोगको तयारी

काठमाडौँ – निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणालाई प्रष्टीकरण सोध्ने तयारी गरेको छ। बिहीबार डडेलधुरामा आयोजित एक चुनावी कार्यक्रममा ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ अभिव्यक्ति दिएको विषयमा आयोगले प्रष्टीकरण सोध्ने तयारी गरेको स्रोतले जानकारी दियो। राजनीतिक दलका नेता, मन्त्री, मुख्यमन्त्रीलाई आचारसंहिता विपरीत काम गरेको भन्दै प्रष्टिकरण सोधेको आयोगले प्रधानमन्त्री पत्नी […]

‘थुतुनो ठीक छैन’ भनेकोमा आयोगले सोध्यो स्थापितलाई प्रष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार पत्र पठाई स्थापितलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो। विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पटीकरण मागेको छ। ‘चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल […]