जीएमआरले लगानी जुटाउन सकेन, म्याद थपका लागि लगानी बोर्डमा आवेदन

रमेश लम्साल-  काठमाडौं : माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ।  भारतीय लगानीकर्ता ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो। परियोजना विकास सम्झौता (पीडीए) भएको तीन वर्ष बित्...

सम्बन्धित सामग्री

लगानी बोर्डका सूचीकृत आयोजनामा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन् । प्रधानमन्त्री दाहालले लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले परियोजनाका विकासकर्तासँग भेटघाट र अन्तक्र्रिया समेत गरेका छन् । सो क्रममा नेपालका विभिन्न ठूला आयोजनामा […]

एनएचपीसीले लगानी बोर्डमा बुझायो प्रारम्भिक प्रतिवेदन

काठमाडौं । भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले पश्चिम सेती जलविद्युत् आयोजना सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन लगानी बोर्ड नेपालमा पेश गरेको छ । बिहीवार कम्पनीका उपमहाप्रबन्धक  अशोककुमार जोशीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन निर्धारित समयमै प्रतिवेदन प्राप्त भएको भट्टले बताएका छन् । कम्पनीले परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक, वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अबको २१ महीनाभित्र बुझाउनुपर्ने सम्झौता छ । आयोजनाको लक्ष्य, अनुमानित लागत, काम, अवधि, फाइदालगायत विषय प्रारम्भिक प्रतिवेदनमा समेटिएको बोर्डका अधिकारीहरूले बताएका छन् । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना निर्माणका लागि सरकारले गत भदौमा एनएचपीसीसँग सम्झौता गरेको थियो । एनएचपीसीले उक्त आयोजनाहरू जलाशययुक्त वा अर्ध जलाशययुक्त रूपमा निर्माण गर्न सक्ने सम्झौतामा उल्लेख छ । लगानी बोर्डले यी दुई जलविद्युत् आयोजनाबाट कुल जडित क्षमताको २१ दशमलव ९ प्रतिशत विद्युत् नेपालले नि:शुल्क प्राप्त गर्नेगरी गत साउनमा उक्त कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । पश्चिम सेती निर्माणका लागि १ खर्ब ६८ करोड रुपैयाँ र सेती नदी–६ निर्माणका लागि १ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बूढीगण्डकी जलविद्युत परियोजनामा लगानी गर्न चिलिमेको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेतीनदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ ।अर्ध–जलाशययुक्त प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३ जलविद्युत परियोजनाको क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बूढीगण्डकी प्रोक जलविद्युत परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ ।बोर्डमा लगानी […]

चिलिमे हाइड्रोपावरद्वारा २ वटा आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव, ३६ अर्ब लागत

चिलिमे हाइड्रोपावर कम्पनीले २ वटा हाइड्रोमा लगानी गर्नको लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ । चिलिमेले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्ड समक्ष प्रस्ताव पेश गरेको हो ।आज चिलिमेका प्रमुख कार्यकारी अधिकृत सुबाष कुमार मिश्रले आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्नको लागि प्रस्ताव पेश गरेका हुन् । एसआर–३ सेमी स्टोरेज अर्थात् अर्ध-जलाशययुक्त आयोजन  हो । बझाङमा अवस्थित यस आयोजनाको कुल लागत १९ अर्ब ६६ करोड अनुमान गरिएको छ । यो ८७ मेगावाटको आयोजना हो ।  त्यस्तै  बूढीगण्डकी प्रोक जलविद्युत परियोजना रन अफ द रिभर अर्थात्   नदी प्रवाहमा आधारित योजना हो। गोरखामा अवस्थित यस आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड अनुमान गरिएको छ । यो ८१ मेगावाट क्षमाताको आयोजना हो ।चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन्।सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी क्षमताको १५० किमि प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदै छ। परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमि प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने बोर्डले जनाएको छ।

करोडौँ लगानी डुबेको भन्दै कालोपट्टीसहित बोर्डमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ता

काठमाडौँ – सेयर लगानी कर्ताहरूले आज नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाउँदै छन्। सेयर बजार विकासको लागि विभिन्न माग राखि उनीहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन्। उनीहरुले कालोपट्टीसहित ज्ञापनत्रपत्र बुझाउँदै छन्। सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजारका लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।

आफैं पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ छ ।

लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना

काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानीकर्ता कक्ष को आज उद्घाटन गरे । लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै लगानीकर्ताका लागि आवश्कयक अनलाइन सेवाहरु उपलब्ध छन् । सो अवसरमा मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै […]

लगानी प्रवर्द्धन बोर्डको सदस्यमा गोल्यान नियुक्त

उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन् । औद्योगिक प्रवर्द्धन, लगानीको संरक्षण, अभिवृद्धिलगायतको काम बोर्डले गर्दै आएको छ । सोही बोर्डमा नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट विज्ञ उद्योगीको रुपमा गोल्यान उनलाई सदस्यमा नियुत्त,m गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था रहेको छ ।

लगानी बोर्डमा चार ठूला परियोजनाको डिपिआर

पूर्वाधार परियोजनाका विकासकर्ताले लगानी बोर्डमा मंसिर महिनाभरिमा चारवटा ठूला परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) बुझाएका छन्।