कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले देशमा रासायनिक मलखादको अभाव पूर्ति गर्नका लागि विद्युतमा आधारित मल कारखाना निर्माणका लागि योजना बनेको र लगानी बोर्डमा प्रस्ताव गएको जानकारी दिए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले मल अभावको समस्या दीर्घकालीन समाधानका लागि विद्युतमै आधारित मल कारखाना चाहिन्छ भन्ने कुरा उठेको बताए ।‘हामीलाई १ लाख मेट्रिक टन युरिया चाहिन्छ । २ लाख मेट्रिक टन डिएपी र ८ लाख मेट्रिक टन पोटासिएम चाहिन्छ,’ उनले भन