सहरी विकासमन्त्री रामकुमारी झाक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले