काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको एकता महाधिवेशनमा चुनावद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उहाँले याे परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभएको हो । आज आइतवार काठमाण्डाैमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनु...