निःशुल्क डायलसिसमा लापरवाही : ४ महिनामा कोहलपुरमा मात्रै ३३ को मृत्यु

२०७९ साउनयता नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा डायलसिस सेवा लिइरहेका ३३ बिरामीको मृत्यु भएको छ । अस्पताल नविकरण नभएको भनेर सरकारले पैसा नदिँदा निशुल्क डायलसिस सेवा बन्द भइ उनीहरुले ज्यान गुमाउनु परेको हो ।