नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरुले सरकारले रेशम चौधरीलगायतलाई आममाफी दिनेगरी ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । मंगलबार बसेको पूर्वआईजीपीहरुको बैठकले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘लोकतान्त्रिक प्रणालीको मर्मप्रतिकुल हुने गरी असान्दर्भिक रुपमा नेपालको फौजदारी कानुनको अनुसार सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरूलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि मंसिर २६ गते पेश भएको सन्दर्भमा नेपाल प्रहरी पू