पौडेल ‘हत्या’ अनुसन्धानमा आनाकानी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘फेक इन्काउन्टर’ गरेको घटना अनुसन्धान गरी दोषीलाई कारबाही दायरामा ल्याउन प्रहरीले आलटाल गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वआईजीपी सर्वेन्द्र खनालसमेत जोडिएको उक्त घटनामा प्रहरीले पौडेलका आफन्तबाट आएको किटानी जाहेरी दर्ता गर्नेबाहेक थप अनुसन्धान अघि बढाएको छैन ।