काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ ले हराउँदै इंग्ल्याण्डले विजयी शुरुवात गरेको हो। खेल शुरु भएको ३५ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिङ्गमले पहिलो गोल गरेका थिए। त्यसपछि ४३ औँ मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। ६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दा इंग्ल्याण्डको ४ गोल भइसकेको थियो।त्यसअघि इंग्ल्याण