शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक

शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।           समुदायमा शिक्षाप्रति अझै दायित्वबोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्नुहुँदै उहाँले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताउनुभयो ।           विद्यालय प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने बताउनुहुँदै उहाँले गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै उहाँले बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औँल्याउनुभयो ।

सम्बन्धित सामग्री

‘आर्थिक सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका...

अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थिरता आवश्यक

समयमै देशको अर्थतन्त्रको विषयमा राज्य गम्भीर नबन्दा यसमा केही गम्भीर समस्या देखिएका छन्। सरकारले तत्काल नागरिकलाई भ्रम छर्न सुधार भएको बताए पनि त्यो हुन सकेको देखिँदैन। देशको अर्थतन्त्रको वास्तविकता के हो ? यसको सुधारका लागि सरकारले के गर्नुपर्छ ? निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि के पहल गर्न सक्छन् ? देशको अहिलेको अर्थतन्त्रको वास्तविक चित्र के […]

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: नन्दकिशोर पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको अर्थतन्त्र सुधारका लागि सरकारसँग निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका छन्। द एचआरएम अवार्ड २०२२ मा बोल्दै उनले निजी क्षेत्र, सामाजिक क्षेत्रलगायतको सहकार्यमा मात्रै देश विकास हुने र अर्थतन्त्रमा समेत सुधार आउने बताएका हुन्। साथै अबको सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने आशा राखेको उनले बताएका छन्। उनी […]

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : महामन्त्री थापा

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब […]

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक छ: विष्णु पौडेल

'निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ,'उनले भने, 'अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।'

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

शैक्षिक सुधारका लागि आवश्यक काम अघि बढाएका छौं : मन्त्री पौडेल

२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि गर्नु पर्ने कामको पहिचान गरी काम अघि बढाएको बताएका छन् । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको कार्यक्रममा मन्त्री पौडेलले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाइसम्बन्धी सुधारका काम भइरहेको बताए । शैक्षिक गुणस्तरका […]

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो । अहिलेको मागअनुरूप आवश्यक देखिएमा धराशायी अवस्थाका संस्थानहरूलाई कम्पनी मोडलमा लगेर सार्वसाधारणलाई लगानी सुनिश्चित गर्ने योजना पनि अर्थ मन्...

स्वतन्त्र न्यायालयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताए ।आइतबार सर्वोच्च अदालतमा भएको प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा अध्यक्ष श्रेष्ठले स्वतन्त्र न्यायालयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताए । न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र बिचौलियालाई रोक्ने प्रशंगमा प्रधानन्यायाधीश राणाको राजीनामाको कुरा आएको […]