अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकी सिनेटका एक वरिष्ठ अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्, जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील एजेन्डाका रूपमा अघि सार्दै आएको थियो

सम्बन्धित सामग्री

उद्योगी र चिया मजदुरबीच सहमति : न्यूनतम ज्याला पाउने, आन्दोलन फिर्ता

ऐन लागू भएको ५ वर्षपछि चिया उद्योगीहरु चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहमत भएका छन् । श्रमिकको निरन्तरको दबाब र पटक पटकको आन्दोलनका कारण उद्योगीहरु श्रमिकलाई कोषमा सूचीकृत गर्न सहमत भएका हुन् ।

चिया श्रमिक र उद्योगीबीचको वार्ता भंग

आन्दोलनरत चिया श्रमिक र उद्योगीबीचको वार्ता भंग भएको छ । सरकारले श्रमिकको न्यूनतम ज्याला नतोकेसम्म श्रमिक र उद्योगीबीच सहमति नजुट्ने भन्दै दुवै पक्षबाट वार्ता भंग भएको हो ।

कोरियामा अब नेपाली मजदूरको तलब न्यूनतम दुई लाख

असार २९, काठमाडौं । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदूरको न्यूनतम तलब बढेको छ ।  सोमवार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।  सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ ।  यो रकम झण्डै नेपाली रू. दुई लाख बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ जना सदस्य रहेका थिए । समितिमा मजदूरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमवार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो । न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदूरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको आठ हजार ७२० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए । मजदूरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो । प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५ दशमलव १ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ । मजदूरका लागि महीनाको १० हजार वन पुर्‍याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६ दशमलव ४ प्रतिशत, सन् २०१९ मा १० दशमलव ९ प्रतिशत, सन् २०१९ मा २ दशमलव ९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १ दशमलव ५ प्रतिशत तलब वृद्धि भएको थियो । रासस

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्‍याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिनु भएको छ जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो […]

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति

भद्रपुर । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान ...

श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने तयारी

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्‍याउने तयारी गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार ...