आन्दोलनरत चिया श्रमिक र उद्योगीबीचको वार्ता भंग भएको छ । सरकारले श्रमिकको न्यूनतम ज्याला नतोकेसम्म श्रमिक र उद्योगीबीच सहमति नजुट्ने भन्दै दुवै पक्षबाट वार्ता भंग भएको हो ।
झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि...
काठमाडौँ,२७ माघ । बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद्योगमा ८० हजार बढी श्रमिक […]
श्रम ऐनअनुसार ज्याला वृद्धि नभएको भन्दै चिया श्रमिकहरूले आगामी चैतदेखि बगानमा हडताल गर्ने बताएका छन् । प्रत्येक दुई/दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि गर्नुपर्ने श्रम ऐन–२०७४ को प्रावधानअनुरूप चालु वर्षको साउनदेखि उनीहरूको ज्याला वृद्धि हुनुपर्ने थियो । तर, कोभिडलगायत विविध कारण देखाउँदै उद्योगीले श्रमिकको ज्याला वृद्धि गरेका छैनन् । ज्याला वृद्धिको माग गर्दै उनीहरूले गत असोजमा लिखित पत्रमार्फत उद्योगीको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । आज झापाको बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता […]