प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम लागू

संघीय सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) लागू गरेको छ । १५ जुलाई २०२२ सम्म लागू गर्नेगरी तयार भएको यस कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गर्नेछ । प्रदेश र स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालामा विविध कार्यक्रम संघीयता, सुशासन, सार्वजनिक खरिद प्रणाली, वित्तीय विकेन्द्रीकरणलगायतका शासन र सुशासन सम्बन्धी मुद्धाहरुमा केन्द्रीत रहने गरी कार्यक्रम लागू गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी

गण्डकी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा […]

सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन्। ‘सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ। आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ,’ उनले भने। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले आज यहाँ आयोजना गरेको ‘अन्तर सरकार सम्बन्ध सुदृढीकरणमा सञ्चार जगतकाे भूमिका’ विषयक अन्तरक्रियामा उनले ऐनले प्रशासनिक सङ्घीयता कार्यान्वयन

वैदेशिक सहयोग समेत खर्च भएन !

प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्‍याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) को ठूलो रकम खर्च हुन नसकेको हो […]

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताउनुभएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा बिहीबार पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदारबीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ […]

गाउँगाउँमा सिंहदरबार : अर्बौं खर्च, उपलब्धि शून्य

काठमाडौं, पुस ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनमा छ । दातृ निकायको सहयोगमा सञ्चालित उक्त कार्यक्रम जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि लक्षित छ । उक्त चार वर्षे कार्यक्रमका लागि १६ अर्ब रकम छुट्याइएको छ । तर, तीन वर्षको अवधिमा २२ प्रतिशत अर्थात् २ अर्ब ६० […]

नवप्रवर्तनलाई प्रोत्साहन गर्न साझेदारी कोष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय तहको आर्थिक विकासका क्षेत्रमा विकास गर्न नवप्रवर्तन साझेदारी कोष सञ्चालनमा ल्याएको छ । मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) मार्फत कोषको बजेट खर्चिन लागिएको हो ।मन्त्रालयले बनाएको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ लागू गरी स्थानीय […]

स्थानीय तहको कर क्षमता विश्लेषण गरिँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारको कर क्षमता विश्लेषण गर्ने भएको छ । मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)ले चालू आर्थिक वर्ष २०७८-०७९ मा स्थानीय सरकारको कर क्षमताको अध्ययन परामर्शदातामार्फत गर्न लागेको हो ।पीएलजीएसपीले स्थानीय तहको कर क्षमता विश्लेषण गर्नुको उद्देश्यमा स्थानीय तहको राजस्व सुधार कार्ययोजना तयार पार्नका लागि आवश्यक […]

बैतडीमा चार वटा स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण

बैतडीका चार वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक शुसासन केन्द्रले अभिमुखीकरण सम्पन्न गरेको हो।

निर्माणाधीन परियोजनाको मन्त्री मोदीद्वारा अनुगमन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक परियोजनाको अनुगमन गर्नुभएको छ ।