काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जल–ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
विद्युत् विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जल र ऊर्जा भएको बताउनुभयो । यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीयवासी नागरिकले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन पनि आवश्यक रहेको बताउनुभयो ।
उहा...