बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइको समस्या भएको छ । अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर खेतमा पुर्याएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने, ‘२०३८सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन-पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत