निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने...

सम्बन्धित सामग्री

प्रचण्ड–ओेली सवाल–जवाफ : हठात् संसद् विघटन पो लोकतन्त्र रहेछ ?

काठमाडौं । वर्तमान संसद्को अन्तिम बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवाल–जवाफ भएको छ । ओलीले आफूले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा प्रतिगमन भनिएको बताएका थिए । तर, अहिले घोषणा गरिएको चुनावलाई आफूले प्रतिगमन नभनेको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले आफूहरूले...

शेरबहादुरजी, तपाईंले पनि प्रतिगमन गर्नुभयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई […]

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी समिति बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भैसकेको अवस्थाबारे छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।

नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन्