रहरले कर तिर्ने वातावरण चाहिन्छ

सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून छ । आन्तरिक राजस्व विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल जनसंख्याको सवा ६ प्रतिशत मात्रै करको दायरामा छन् । तथ्यांकअनुसार हालसम्म करदताको संख्या १६ लाख ६८ हजार ६ सय ७ पुगेको छ । चालू आर्थिक वर्षमा सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि करदाताको संख्या ४५ हजार बढेको सरकारको दाबी छ । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिएर व्यवसाय गर्नेको संख्या ९ लाख ६३ हजार ९९६ पुगेको विभागको तथ्यांक छ । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७ लाख ४ हजार ६ सय ११ छ । प्यान लिनेतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १ लाख ८१ हजार ९ सय २८ र अन्तःशुल्कतर्फ ६० हजार २ सय ७४ रहेको विभागले जानकारी दिएको छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्यबाहेक अन्य वस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले जनाएको छ । यद्यपि मुलुकको ठूलो हिस्सा करको दायराभन्दा बाहिर छ । करिब ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको नेपालमा संघीयता लागू भएसँगै करमैत्री वातावरण र राजस्व संकलनमा सरकार चनाखो हुनुपर्ने देखिन्छ । यसका अतिरिक्त मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्न र सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पु¥याउन सरकारलाई ठूलो चुनौती छ । यसै सेरोफेरोमा सरकारले आयोजना गरेको छैटौं कर दिवसका अवसरमा निजी क्षेत्रका अगुवाहरूले समेत हालको कर प्रशासनमा देखिएका समस्या र कर प्रशासनलाई सक्षम बनाउन सुझाव दिएका छन् । प्रस्तुत छ, उनीहरूले दिएको सुझावको सार :

सम्बन्धित सामग्री

जनमुखी बन तर लोकरिझ्याइँ नगर !

प्रचलित करका दरको यथार्थ समीक्षा गरेर सबैले राजीखुसी कर तिर्ने वातावरण निर्माण गर्न सके अहिलेको कुल राजस्वमा पनि वृद्धि नै हुने देखिन्छ ।

कर तिर्ने वातावरण बनाउन व्यवसायीको माग

दाङ-स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ सुरु भएको दसौं राष्ट्रिय कर सप्ताहको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवसायीले तिरेको कर देशको विकासका लागि भएकाले सबै करको दायरामा आउनु पर्ने बताए । यसका लागि राज्यले वातारण सृजना गर्नुपर्ने उनको भनाइ छ । “सबै […]

करको दायरा बढाउन निजी क्षेत्रको माग

काठमाडौं । करको दायरा बढाउँदै कर तिर्ने वातावरण बनाउन निजी क्षेत्रले माग गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार आयोजना गरेको राष्ट्रिय कर दिवसको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले कर करको रूपमा नभई रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले करको दायरा बढे करदाता पनि बढ्ने...

ललितपुर महानगरलाई टेर्दैनन् ठूला करदाता

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । पटक–पटक कर तिर्ने वातावरण बनाइदिँदा पनि ठूला करदातालाई करको दायरामा ल्याउन महानगरलाई...

‘सिंहदरबारको अधिकार गाउँमा पुगेको होइन, सिंहदरबारका राजाहरु गाउँमा पुगेका हुन्’

मोरङ – हचुवाका भरमा अध्ययन बिना कर लगाउँदा स्थानीय तहमा विवाद र करको बिरोध भएको विराटनगरका उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योगी व्यवसायीहरु कर तिर्न उत्सुक भए पनि कर तिर्ने वातावरण भने स्थानीय तहले नबनाएको उद्योगी व्यवसायीहरुको आरोप छ । संवाद समूह मोरङले आयोजना गरेको संवाद कार्यक्रममा वैज्ञानिक तरिकाले करको...

प्रदेश १ संसद बैठक : रहरले कर तिर्ने वातावरण बनाउन माग

विराटनगर : प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयकमाथिको सैद्धाान्तिक छलफल बुधबार सम्पन्न भएको छ। विधेयकमाथि दुई दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरूले प्रदेश र स्थानीय तहको कर नीतिमा एकरूपता हुनुपर्ने माग गरेका छन्। साथै उक्त विधेयकलाई थप छल...