जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एससी फ्रीबर्र्गलाई ४–१ गोल अन्तरले परातिज गरेको हो । फ्रीबर्र्र्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवोन गोरेज्का, सर्जि ग्यानबेरी, किङस्ले कोमान र मार्सेल साविजरले एक–एक गोल गरे ।उता फ्रीबर्र्गका लागि निल्स पेटेर्सनले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो सबै गोल दोस्रो हाफमा गरेका थिए । यो जितसँगै बायर्नले अंक तालिकामा स्पष्