युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने भएका छन् । उनीहरुको हालको वर्क परमिटको म्याद सकिएपछि नविकरण गर्दा उनीहरुलाई अब जम्मा १८ महिनाकोमात्र वर्क परमिट प्रदान गरिने भएको छ । युएससीआईएसमा एसाइलम आवेदन पेन्डिङ भएका झण्डै ५ हजार र अध्यागमन अदालतमा एसाइलम पेन्डिङ रहेका झण्डै १० हजार नेपालीहरुले यो आधारमा […]
नयाँ कर कानुन लागू भएपछि सन् २०२६ मा धेरैजसो करदाताले आफ्नो ट्याक्स रिफण्ड पहिलेभन्दा करिब १,००० बढी पाउने अपेक्षा गरिएको छ। गत वर्ष औसतमा ३,१५१ रिफण्ड भएकोमा, आगामी वर्ष यो रकम बढेर करिब ४,१५१ पुग्ने अनुमान गरिएको छ। जसका कारण नागरिकले करीव १००० डलर बढी ट्याक्स रिफण्ड पाउने भएका हुन् । अमेरिकी सरकारले लागू गरेको […]
अमेरिकी आप्रवासन अधिकारीहरूले ७ वर्षीय विद्यार्थी र उनकी आमालाई अमेरिका–क्यानाडा सीमाबाट पक्राउ गरेका छन्। महिलासँग जाली ग्रीन कार्ड भएको पत्ता लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले जानकारी दिएको छ । सीबीपीका अनुसार ती महिला, उनका छोरा र एक वयस्क पुरुष साथी क्यानडा जान खोज्दा क्यानडाका अधिकारीहरुले प्रवेश नदिई अमेरिकातिरै फर्काएका थिए । हाईगेट स्प्रिंग्स पोर्ट अफ […]
एजेन्सी - म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५
२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।
शनिवार भएको रेसमा पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन …
कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न एक बृहत् क्षतिपूर्ति प्याकेज सार्वजनिक गरेको छ । चक्रवातपछि श्रीलङ्कामा भइरहेको बर्षाका कारण आइतबार पनि थप बाढी र पहिरो आउन सक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन लागि आग्रह पनि गरिएको छ। सरकारले पछिल्लो प्राकृतिक विपत्मा परी कम्तीमा ६११ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य […]