निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । जवाफ दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।सर्वोच्च अदालतमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत भवन निर्माणमा सहयोग गरेको जवाफ दिएका थ